Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

संदमा प्रि बजेट छलफल : राष्ट्रिय सभामा अर्थमन्त्रीले फागुन ३० गते जवाफ दिने


1.4K
Shares

संदमा प्रि बजेट छलफल : राष्ट्रिय सभामा अर्थमन्त्रीले फागुन ३० गते जवाफ दिने

काठमाडौं, १४ फागुन । अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् ।

अब दुवै सदनमा सांसदहरुले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामा आधारित भएर आफ्ना धारणाहरु राख्नेछन् । प्रतिनिधि सभाको संसदीय क्यालेन्डर अनुसार आगामी फागुन २१ गतेबाट प्रि बजेटमाथि छलफल सुरू हुनेछ । फागुन महिनामा बस्ने २२ गते, २३ गते र ३० गते बस्ने बैठकमा  पनि छलफल जारी रहनेछ ।

राष्ट्रिय सभामा भने ३० गते प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने तालिका तय भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाका अनुसार यही फागुन १७ गते, २७ गते, २९ गते र ३० गते छलफल हुनेछ । ३० गते नै अर्थमन्त्रीले जवाफ दिनेछन् ।  छलफलमा भाग लिने सांसदहरुलाई छलफल हुने भन्दा एक दिन अगावै कार्य व्यवस्था शाखामा टिपाउन सभाध्यक्ष तिमिल्सनाले भनेका छन् । साथै, सभाध्यक्ष तिमिल्सनाले छलफलमा सांसदहरुले उठाएका विषय बैठकमा उपस्थित भएर टिपोट गर्न अर्थ मन्त्रालयलाई निर्देशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology