Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकामा आज शोक विदा


2.1K
Shares

स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकामा आज शोक विदा

गोरखा, १४ फागुन : गोरखा नगरपालिका गोरखाले नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीको असामहिक निधनमा आज शोक विदा दिइएको छ । नगरपालिकाको वडा नम्बर १४ स्थित प्युघरवेशी स्वास्थ्य चौकीमा कार्यरत अहेव किशोरबाबु सेढाईको आइतवार असामहिक निधन भएको थियो ।

स्वास्थ्यकर्मी सेढाईको ४८ बर्षको उमेरमा भएको अकल्पनीय र असामहिक निधन प्रति गहिरो शोक व्यक्त गर्दै नगरपालिकामा एक दिन शोक विदा दिइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

नगरपालिका र नगरपालिका मातहतका सवै कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु एक दिन बन्द शोक मनाउन शोक विदा दिएर बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology