Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा आजदेखी करिब १७ हजार बालबालिकालाई दादुरा रुबेलाको खोप दिन सुरु


2.3K
Shares

गोरखामा आजदेखी करिब १७ हजार बालबालिकालाई दादुरा रुबेलाको खोप दिन सुरु

गोरखा, १३ फागुन । राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप कार्यक्रम अन्तरर्गत गोरखामा आजदेखी करिब १७ हजार जना बालबालिकालाई दिन थालिएको छ । अभियानको एक कार्यक्रम बिच जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले आइसबक्स स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेर सुरुवात गर्नुभएको छ ।

थापाले आजसदरमुकाममा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयबाट प्राप्त खोप सहितको आइसबक्स स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेर अभियानको सूरुवात गर्नुभएको हो ।

जिल्ला भित्रका ९ महिना उमेर पूरा गरी ५ वर्षभित्रका सबै बालबालिकालाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप दिन थालिएको स्वास्थ्य कार्यालय गोरखाका जन स्वास्थ्य निरिक्षक नानीबावु दानीले जानकारी दिनुभयो ।

जिल्लाभरी फागुन १६ देखि २२ गतेसम्म सबै स्वास्थ्य संस्था र खोप केन्द्रमा खोप अभियान सञ्चालन गरीने भएता पनि प्रदेश स्तरमा आजैदेखी सुरुवात गरेको अवशरमा गोरखामा पनि सिम्बोलिक रुपमा आजको दिन सुरु गरीएको जनस्वास्थ्य निरिक्षक दानीले बताउनुभयो । उहाँका अनुसार जिल्ला भित्र ९ महिना उमेर पूरा गरी ५ वर्षभित्रका १६ हजार ८९० जना बालबालिकालाई खोप लगाईने छ ।

बेलाबेलामा नेपालमा दादुराको महामारी फैलिने गरेकाले यस प्रकारको खोप अभियान अझै प्रभावकारी ढङ्गले गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसैले समुदायमा रहेका लक्षित समूहको कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भनी बढी सजगता अपनाइएको छ कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रमका लागि जिल्लामा २६९ जना स्वास्थ्यकर्मीहरु परिचालित हुने छन् । २६७ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप सेवा प्रदान गर्न लागिएको निरिक्षक दानीले जानकारी दिनुभयो ।

दादुरा तथा रुबेला दुवै रोग अत्यन्त सङ्क्रामक रहेको र बालबालिकालाई यी रोगले बढी सङ्क्रमण गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ ।

नेपालमा ४५ वर्षदेखि दादुराको खोप र पछिल्लो १० बर्षभन्दा बढी समयदेखि रुबेलासमेतको गरी संयुक्त रुपमा १६ हजारभन्दा बढी खोप केन्द्रबाट प्रदान गर्ने गरिएको छ ।

सन् २००४ देखि हालसम्म हरेक ४–४ वर्षमा अभियानका रुपमा पनि यो खोप लगाइदै आइरहे पनि बेला बेलामा महामारी फैलिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology