Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा चुरोट चोरी गरेको आरोपमा रसुवाका श्रेष्ठ पक्राउ


4K
Shares

गोरखामा चुरोट चोरी गरेको आरोपमा रसुवाका श्रेष्ठ पक्राउ

गोरखा, १२ फागुन । उत्तरी गोरखाको भच्चेक बजारमा रहेको एक पसलबाट नगद र चुरोट चोरी गरेको आरोपमा गोरखा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा आमछोदिङमो गाउँपालिका–५ घ। भई हाल अजिरकोट गाउँपालिका–३ भच्चेक बजार बस्दै आएका बर्ष २५ को केशव श्रेष्ठ भएको पुष्टी भएको हो ।

आरोपित श्रेष्ठले भच्चेक बजारमा रहेको सम्झना गुरुङले सञ्चालन गर्दैै आएको खाजा घरबाट नगद ३८ हजार २५ रुपैयाँ र १६ पाकेट खुकुरी चुरोट चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उनका अनुसार चोरीमा संलग्न भनिएका श्रेष्ठले फागुन १० गते बुधबार राती १ बजेको समयमा खाजा घरको चाल्ता फुटठाएर बाकसमा भएको नगद र चुरोट चोरी गरेका हुन् । चोरी भएको रकम र चुरोट आरोपितको कोठाबाट प्रहरीले बरामद गरेको थियो ।

उनी बिरुद्व नकवजनी चोरी शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गराएको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठका सम्वन्धमा प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology