गोरखा, ११ फागुन । गोरखामा दादुरा रुबेला अभियान सम्बन्धी पालिका स्तरिय खोप अन्तरक्रिया आज सम्पन्न भएको छ । गोरखा नगरपालिकामा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तरिय खोप समन्वय समिति तथा सरोकारवालाहरु संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
स्वास्थ्य शाखाले अभियानको क्रममा नगरपालिका भित्रका १४ बटै वडाका ९ महिना देखि ५ बर्ष उमेर समुहका ३ हजार २ सय ४८ जना बालबालिकालाई खोप दिईने गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वर बाबु रेग्मीले जानकारी दिनुभयो ।
यहि फागुन १६ गते देखि २० गत सञ्चालन हुने दादुरा रुवेला खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य शाखाले जनाएको छ । खोपका लागी नगरपालिका भित्र ४८ वटा खोप केन्द्र सञ्चालनमा आएको छ । जसमा ४८ जना स्वास्थ्य कर्मी, ९६ जना स्वायमसेबकहरु परिचालन गरीने रेग्मीले बताउनुभएको छ ।
अन्र्तक्रिया कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरले दादुरा रुबेला खोप नगर भित्रका सबै बालबालिका सम्म पु¥याउन कुनै कसुर नराख्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गदर्,ै स्वास्थ्य नै ठुलो धन भएकाले नगर स्वास्थ्य शाखालाई नगरपालिकाको तर्फबाट सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णराना मगर, उपप्रमुख मसलीमाया थोकर, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिका सदस्यहरु, खोप समन्वय समितिका प्रतिनिधि, बिभिन्न शाखाका प्रमुखहरु, पत्रकार लगाएतका उपस्थिति रहेको थियो ।