प्यूठान, १० फागुन । बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिएको छ। क्याम्पसको मुल गेटमा अनेरास्ववियूको स्वागत बोर्ड राखिएको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिएको छ ।
नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा स्वागत बोर्ड राखिएको आरोप लगाएका छन् ।
उनीहरूले क्याम्पस प्रमुखको समेत राजीनामा मागेका छन् । क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच भएको छलफलमा अखिलको स्वागत बोर्ड हटाउने निर्णय भएको नेविसंघले जनाएको छ ।