गोरखा, १० फागुन । गोरखा सदरमुकाममा मिस्टर बि आठौंँ गोरखाकाली रनिङ कप फुटवल प्रतियोगितामा अन्तरगत बुधबार क्वाटर फाइनल चरणका खेल सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा दौतरी युवा क्लबले अलस्टार युवा क्बललाई पराजित गरेको छ ।
दौतरी युवा क्बल क्वाटर फाइनल १ का बिरुद्ध ३ गोल अलस्टार क्लबलाई पराजित गरेको हो । दौतरीको जीतमा शिशिर लेखी, समिर ढकाल र सिबीले गोल गरेका थिए भने अलस्टार क्लबका लागि एक मात्र सान्तव्ना गोल योमीले गरेका थिए । प्रतियोगिता अन्तरगत बुधबार भएको दोस्रो खेल भीमसेन तारा युवा क्लबले पृथ्वी युवा क्लबलाई पराजित गरेको छ ।
भीमसेन ताराले १ का बिरुद्व ३ गोल गोल गरेर पृथ्वी युवा क्लबलाई पराजित गरेको हो । क्वाटर फाइनलमा जित हासिल गरेसंगै भीमसेन युवा क्लब र दौतरी युवा क्लबले ले सेमिफाइनलको यात्रा पक्का गरेका हुन् । प्रतियोगिता अन्तर भोलीपनि क्वाटर फाइनलका दुई खेल हुने आयोजकले जनाएको छ ।