Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सडकमा लडेका दुई युवकको गाडीको ठक्करबाट मृत्यु


2.3K
Shares

सडकमा लडेका दुई युवकको गाडीको ठक्करबाट मृत्यु

दाङ, ९ फागुन । दुर्घटनापछि लडिरहेका दुई जना युवकको बोलेरोले ठक्कर दिँदा मृत्यु भएको खुलेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको बुधबार बिहान मृत्यु भएको थियो ।

सुरूमा मोटरसाइकलले साइकललाई ठक्कर दिएपछि दुई जना सडकमा लडिरहेको र उनीहरूलाई विपरीत दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिएको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले सेतोपाटीलाई बताउनुभयो ।

‘साइकललाई ठक्कर दिएपछि सडकमा लडिरहेका मोटरसाइकलमा सवार दुई युवालाई विपरीत दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिएको तथ्य अनुसन्धानबाट खुल्यो,’ डिएसपी मल्लले भन्नुभयो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकलमा सवार पुन र भण्डारी घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर साइकल यात्रुलाई जोगाउन खोज्दा सकडमा लडेको र उनीहरूलाई घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर दिएको डिएसपी मल्लले जानकारी दिनुभयो ।

बोलेरो चालक रोल्पाको त्रिवेणी गाउँपालिका–२ का २९ वर्षीय निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको केहीबेरमै पौने ७ बजेतिर दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकमध्ये भण्डारी रोल्पाको रुन्टिगढी गाउँपालिका वडा–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक हुन्। तुलसीपुरमा बिबिएसमा अध्ययनरत पुन शिक्षक भण्डारीलाई मोटरसाइकलमा घोराहीसम्म पुर्‍याउन गएको समयमा दुर्घटनामा परेका हुन् । स्रोतका अनुसार भण्डारी किनेको जग्गा पास गर्न दाङ आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology