Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले लगाए ताला


4.5K
Shares

गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले लगाए ताला

गोरखा, ९ फागुन । गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पासमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा ताला लगाएका छन् ।

आज १२ बजे ३ विद्यार्थी सङ्गठनले द्रव्य शाह बहुमुखी क्याम्पास लक्ष्मीबजारमा ताला लगाइएको अखिल क्रान्तिकारीका क्याम्पस एकाइका अध्यक्ष अनिश अर्यालले जानकारी दिनुभयो ।

प्रशासनले क्याम्पास भएको भ्रष्टाचार र अनियमितताको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत अनुसन्धान गर्न अटेरी गरेको भन्दै विद्यार्थीले ताला लगाएका हुन् । स्वतन्त्र विद्यार्थी युनियनका स्ववियु सभापति रौनक घिमिरेले भन्नुभयो क्याम्पसमा आर्थिक हिनामिना भए पनि त्यसको सत्यतथ्य चाँडै बाहिर ल्याउन पहल भइरहेको जानकारी दिनुभयो ।

यसबारे क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई पटकपटक फोन गर्दा पनि सम्पर्कमा आउन नचाहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology