Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सिन्धुपाल्चोकमा ६ जना चढेको जीप सडकबाट दुईसय मिटर तल खस्यो


1.9K
Shares

सिन्धुपाल्चोकमा ६ जना चढेको जीप सडकबाट दुईसय मिटर तल खस्यो

काठमाडौं, ९ फागुन । सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ अँधेरी खोलामा आज बिहान ११ बजे बाह्रबिसे जान लागेको बा १२ च ४९९१ बोलेरो जीप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर देवेन्द्र जोशीका अनुसार दुर्घटनामा परी बाह्रबिसे नगरपालिका ७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको हो । ६ जना सवार बोलेरोमा चालकसहित ४ जना घाइते भएका छन् । चालक बिक्रम थापा, गाडीमा सवार यात्रुहरू बाह्रबिसे(७ कै गोपाल थापा, खड्ग कुमारी श्रेष्ठ, पुष्कर थापा घाइते रहेको इन्स्पेक्टर जोशीले जानकारी दिए।

घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उहाँले बताउनुभयो । दुर्घटना के कारणले भएको भन्ने नखुलेको र त्यसबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर जोशीले जानकारी दिनुभयो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology