Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाकाली रनिङ कप फुटवल प्रतियोगितामा आज क्वाटर फाइनलका दुई खेल हुँदै


1.9K
Shares

गोरखाकाली रनिङ कप फुटवल प्रतियोगितामा आज क्वाटर फाइनलका दुई खेल हुँदै

गोरखा, ९ फागुन । मिस्टर बि आठौंँ गोरखाकाली रनिङ कप फुटवल प्रतियोगितामा आजदेखि क्वाटर फाइनल चरणका खेल सुरु हुँदैछ । प्रतियोगिता अन्र्तगत आज क्वाटर फाइनलका दुई खेल हुने आयोजकले जनाएको छ । जस अन्र्तगत पहिलो खेल दिउँसो १ बजे दौतरी युवा क्लब र अलस्टार युवा क्बल बिच हुनेछ ।

नकआउट चरणमा सतिपिपल युवा क्बललाई ३ का बिरुद्ध ५ गोल गरेर बिजयी हुँदै दौतरी युवा क्बल क्वाटर फाइनलमा पुगेको थियो । त्यस्तै धैरुङ एफसीलाई ३ गोलका बिरुद्ध ६ गोल गर्दै अलस्टार युवा क्बल क्वाटर फाइनलमा पुगेको हो । आजको दोस्रो खेल भीमसेन तारा युवा क्लब र पृथ्वी युवा क्लब बिच हुनेछ ।

भीमसेन ताराले नेपाली सेनाको रिपुर्मद्धन गणलाई ० का बिरुद्व ४ गोलले पराजित गरेर क्वाटर फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै पृथ्वी युवा क्लब पेनाल्टी सुुटआउटमा त्रिवेणी युवा क्बललाई ५–४ गोलअन्तरले बिजयी भएको क्वाटर फाइनलमा पुगेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology