Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

लियो जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्ष पदमा गोरखाका परियारको उम्मेदवारी दर्ता


3.4K
Shares

लियो जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्ष पदमा गोरखाका परियारको उम्मेदवारी दर्ता

गोरखा, ८ फागुन । लियो जिल्ला परिषद् ३२५ जे नेपालको लायन बर्ष २०२४–२५ का लागि गोरखाका लियो बालकृष्ण परियारले उम्मेदवारी दिनुभएको छ ।

यहिँ आउँदो चैत्र ३ गते हुने जे नेपालको दोश्रो बार्षिक जिल्ला अधिवेशनको लागि उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । परियारले लियो क्लव अफ गोरखाका अध्यक्ष लियो मोहन श्रेष्ठ को सभापतित्व र लायन्स क्लव अन्तराष्ट्रिय ३२५ जे नेपालका डिष्ट्रिक गभर्नर लायन हरि प्रसाद मरहट्टाको प्रमुख आतिथ्यता र अन्य लायन लिडरहरुको उपस्थितिमा मनोनयन अधिकृत लियो किरण थापा क्षेत्रिलाई लियो जिल्ला परिषद् ३२५ जे नेपालको जिल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको लियो क्लव अफ गोरखाका अध्यक्ष लियो मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

लायन्स क्लव अफ गोरखाले स्पोन्सर गरेको लियो क्लव अफ गोरखामा लायन बर्ष २०१५–१६ मा आवद्ध भएर सामाजिक क्षेत्र र संस्थागत रुपमा अगाडि बढ्दै बर्ष २०२२–२३ मा परियार लियो क्लव अफ गोरखाको अध्यक्ष हुुनभएको थियो ।

उहाँ क्लवमा अध्यक्ष हुँदा जिल्लामा नै उत्कृष्ट सामाजिक क्लवहरुमा चिनाउन सफल परियार अहिले बर्ष २०२३–२४ मा लियो जिल्ला परिषद् ३२५ जे नेपालको सचिव पदमा कार्यरत हुनुुहुन्छ ।

लियो जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए सँगै परियारले सम्पुर्णमा साथ र सहयोगको अपिल समेत गर्नुभएको छ ।

उहाँ अहिले नेपाल टेलरिङ व्यवसायी महासंघ गण्डकी प्रदेशमा अध्यक्ष तथा गोरखा टेलरिङ व्यवसायी संघ गोरखाको निवर्तमान अध्यक्ष र सचेत तथा बुद्धिजिवि युवा संजाल गोरखाको पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology