सुनसरी, ८ फागुन । आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । प्रहरीले धरान उपमहानगरपालिका(११ कविर्ताचोक २८ वर्षीय दीपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिनुभयो । राईलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको रेग्मीले बताउनुभयो ।
दीपकले मादक पदार्थ सेवन गरेर रमनश्वरीलाई कञ्चटमा प्रहार गरेको रेग्मीले भनाई छ । ‘कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन्, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो,’ रेग्मीले भन्नुभयो ।
उनीहरूको पारिवारिक झगडा के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘अहिले हत्या गरेका छोरालाई हामीले हिरासतमा राखेर अनुसन्धान थालेका छौं,’ रेग्मीले भने के चिजले कञ्चटमा प्रहार गरेको स्पष्ट खुलिसकेको छैन ।’