गोरखा, ७ फागुन । गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको ‘मिस्टर बि आठौँ गोरखकाली रनिङकप फुटवल’ प्रतियोगिता आजदेखि सुरु भएको छ । हरमटारी युवा क्बलको आयोजनामा सदरमुकामस्थित रङशाला खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा गोरखा तनहुँ र चितवनका जिल्लाका गरी १४ टिमको सहभागिता रहेको क्बलका महासचिव किरण ढकालले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा दौतरी युवा क्लब चित्रेपोखरीलेले सतिपिपल युवा क्लब गोरखालाई पराजित गरेको छ ।
उद्घाटन खेलमा दौतरी युवा क्लबले ५–३ गोल अन्तरले सतिपिपल युवा क्बललाई पराजित गरेको हो । प्रतियोगिताको पहिलो हापको सुरुमै गोल गरेर अग्रता लिएका सतिपिपल युवाको पहिलो हापको अत्य तिर लगातार ३ गोल खाएर टिमको अग्रता गुमाएको थियो । दोस्रो हाफको मध्यतिर दौतरी युवा क्बलका बिरुद्ध लगातार २ गोल गरेर बराबरी गरी लयमा फर्किएको सतिपिपल युवा क्लबले अतिरिक्त थप गरिएको तीन मिनेटमा अवधीमा पुनः दुई गोल खाएपछि हार व्यर्होनु परेको हो ।
प्रतियोगितामा दौतरी क्बलका जर्सी नम्बर ७ का शिशिर लेखीले टिमका लागि ३ गते गर्नुभएको थियो भने जर्सी समिप ढकालले दुई गोल गर्नुभएको थियो । त्यस्तै सतिपिपल युवा क्बलका तर्फबाट जर्सी नम्बर ८ का प्रदिप गुरुङ, जर्सी नम्बर ११ का शितिज भण्डारी र जर्सी नम्बर ९ का सुनिल थापाले १÷१ गोल गरेका थिए ।
प्रतियोगितामा दौतरी युवा क्बलका शिशिर लेखी ह्याट्रिक गर्दै म्यान अफ द म्याच घोषित हुनुभएको थियो । प्रतियोगिता अन्तरगत आज तीन खेल हुने आयोजक हरमटारी क्लका महासचिव किरण ढकालले जानकारी दिनुभयो । जस अन्तरगत पहिलो खेल विहान ८ बजे रिपुमर्दन गण गोरखा र भीमसेन तारा युवा क्बल बुङकोट बिच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे अलस्टार क्लब आँबुखैरेनी र धैरुङ एफसी धैरुङ हुने उहाँले बताउनुभयो ।
त्यस्तै भोली नै दिउँसो ३ बजे खेल पृथ्वी युवा क्लब गोरखा र चितवनको त्रिवेणी युवा क्लब मुग्लिङ बिच तेस्रो खेल हुने महासचिव ढकालले जानकारी दिनुभयो ।