Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा बहु बिवाहको आरोपमा १ जोडी पक्राउ


5.8K
Shares

गोरखामा बहु बिवाहको आरोपमा १ जोडी पक्राउ

गोरखा,७ फागुन । बहु विवाह गरेको आरोपमा गोरखाको बनौतीबट प्रहरीले १ जोडीलाई पक्राउ गरेको छ । प्रहरीले शहिद लखन गाउँपालिका–३ को बनौती माझगाउँ निवासी कृण्णप्रसाद लामिछाने र सुस्मिता लुईटेललाई पक्राउ गरेको हो । पहिलो श्रीमती विण्णु लामिछानेले दिएको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उजुरीमा दोस्रो श्रीमतीको रुपमा सुस्मिता लुईटेललाई कृण्णप्रसादले माघ २५ गते घर लिएर आएको उल्लेख गरेका छन् । प्रहरीमा उनीहरु बिरुद्व फागुन १ गते मंगलबार उजुरी दर्ता गराएका थिए ।

उजुरी दर्ता लगत्तै प्रहरीले उनीहरुलाई खोजी गरेको र गोरखा जिल्ला अदालतबाट निजहरुको नाममा पक्राउ पुर्जी जारी भए लगत्तै फागुन ४ गते शुक्रबार पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका दुवै जना बिरुद्व बहुविवाह कसुर शिर्षकमा मुद्वा दर्ता गरी फागनु ६ ते आइतबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology