Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आँबुखैरेनी जीप दुर्घटना : ७ जना घाइते १ जनाको मृत्यु


2.5K
Shares

आँबुखैरेनी जीप दुर्घटना : ७ जना घाइते १ जनाको मृत्यु

गोरखा, ६ फागुन । गएराती आँबुखैरेनीको नारीघाटमा भएको जीप दुर्घटनामा परी १ जना युवकको ज्यान गएको छ भने अन्य ७ जना घाईते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा जीप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको हो ।

डुम्रेबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा १६ च ४९१८ नम्बरको जीप अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा जीपमा रहेका चितवन इच्छाकामना गाउँपालिका–६ का २२ वर्षका सागर गुरुङको ज्यान गएको थियो ।

घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । १ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology