Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कमेडी च्याम्पियनको तेस्रो सिजन आजदेखि, थपिंदैछ ‘सुपर्ब थर्टी’ राउण्ड


1.4K
Shares

कमेडी च्याम्पियनको तेस्रो सिजन आजदेखि, थपिंदैछ ‘सुपर्ब थर्टी’ राउण्ड

काठमाडौं, ३ फागुन । हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजन बिहीबारदेखि सुरु हुँदैछ । जजमध्येका एक प्रदीप भट्टराईले पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।

उनका अनुसार यो शो कान्तिपुर टेलिभिजनमा हरेक साता बिहीबार र शुक्रबार राति प्रसारण हुने गर्छ । प्रसारणको सुरुका तीन एपिसोडमा फिजिकल अडिसन, त्यसपछि सुपर्ब ३०, त्यसपछि २४ राउण्ड हुँदै अन्तिम १५ को प्रतिस्पर्धा हुने जनाइएको छ । छनोट १० जनाले फिनालेका लागि प्रतिस्पर्धा गर्नेछन् ।

जज प्रदीप भट्टराईका अनुसार तेस्रो सिजनमा सुपर्ब ३० नामक राउण्ड थप गरिएको छ । निर्णायकअघि प्रस्तुति दिंदा कमजोर देखिएका र तर राम्रो सम्भावना भएका प्रतिस्पर्धीका लागि यो राउण्ड थप गरिएको उहाँले जानकारी दिनुभयो ।

यो शोमा प्रदीपसहित सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्मा जजको रुपमा हुनेछन् । शोको होस्टमा रीमा विश्वकर्मा र मेक्सम गौडेल हुनेछन् । कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology