धनगढी,३ फागुन । बलात्कार गरेको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन् । कञ्चनपुर बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेको प्रहरीले जनाएको हो । उनले मंगलबार राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेको थियो ।
सोही उजुरीका आधारमा प्रहरीले उनलाई सोही दिननै प्रकाउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिनुभयो ।