Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बैंकिङ कसुर मुद्वामा फरार रहेका एक जना पक्राउ


10.1K
Shares

गोरखामा बैंकिङ कसुर मुद्वामा फरार रहेका एक जना पक्राउ

गोरखा, ३ फागुन । गोरखा प्रहरीले बैंकिङ कसुर मुद्वामा गोरखा सदरमुकामबाट १ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको ब्यत्ति भिमसेन थापा गाउँपालिका–५ बगुवा घर भएका चित्रप्रसाद भट्ट भएको पुष्टी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले दिएको जानकारी अनुसार भट्टले अर्थ मुर्भस प्रालिबाट जेसिवी पार्टस खरीद गर्दा आफ्नो नवप्रभात निर्माण सेवा प्रालिको नाममा रहेको चेक दिएको र चेक अनादर भएपछी उनलाई अर्थ मुर्भसको तर्फबाट प्रहरीमा उजुरी परेको हो ।

प्रहरीले भट्टलाई प्रहरीले गोरखा नगरपालिका–६ सदरमुकामबाट नियन्त्रणमा लिएको छ । उनले दिएके १ लाख ९ हजार ९३६ रुपैयाँको मेघा बैंकको चेक सटही नभएपछी उनी बिरुद्व बैंकिङ कसुरु मुद्वमा अर्थ मुर्भस प्रालिको तर्फबाट कृष्णप्रसाद तिवारीले मुद्वा दर्ता गराएका थिए ।

प्रहरीका अनुसार उनको खातामा पर्याप्त रकम नभएका कारण उनले दिएको चेक सटही नहुदा उनी बिरुद्व मुद्वा परेको जनाएको छ ।

प्रनि खड्काका अनुसार पक्राउ परेको भट्ट बिरुद्व बैकिङ कसूर शीर्षकमा मुद्दा दर्ता गरी फागुन १ गते थप अनुसन्धानका लागी गोरखा जिल्ला अदालतबाट म्याद थप भएको छ । प्रहरीले उनलाई सोही दिन पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology