Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ


1.6K
Shares

गोरखामा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

गोरखा, २ फागुन । चोरी आरोपमा अदालतबाट कैद तथा जरिवाना फैसला भएर फरार भएका १ जना अभियुत्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–६ घैरुङ बिक्रमकुमार योगी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार योगीलाई चोरी आरोपमा गोरखा जिल्ला अदालतले १ महिना १५ कैद र १ हजार २५० रुपैयाँ जरिबाना गर्ने फैसला गरे लगत्तै फरार भएका थिए । प्रहरीले योगीलाई फागुन १ गते मंगलबार पक्राउ गरी अदालत पेश गरेको थियो ।

अदालतले फैसला कार्यान्वयनको लागि पक्राउ परेका योगी मंगलबार नै जिल्ला कारागार चलान गरेको सूचना अधिकारी खड्ले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology