Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गण्डकी गाउँपालिकाका चेपाङ समुदायका विपन्न नागरिकलाई उन्नत जातका बाख्रा तथा बोका वितरण


1.5K
Shares

गण्डकी गाउँपालिकाका चेपाङ समुदायका विपन्न नागरिकलाई उन्नत जातका बाख्रा तथा बोका वितरण

गोरखा, १ फागुन । गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाई जीविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ ।

चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि वडा नम्बर ७ मा रहेका चेपाङ समुदायका विपन्न बाख्रा पालन गर्ने किसान छनौट गरी बाख्रा र उन्नत जाताको व्याडबोका वितरण गरेको हो ।

त्यस्तै किसानहरुलाई बाख्रा पालन तथा गोठ व्यवस्थापन तालिम समेत प्रदान गरेको छ । तालिमपछि ५८ जनालाई बाख्रा तथा ४ जनालाई ब्याडको बोका वितरण गरेको हो ।

तारा नमस्ते फाउण्डेसनले गोठ सुधारका लागि जस्तापाता र जाली उपलब्ध गराएको स्थानीय सितामाया चेपाङको भनाई छ । अहिले बाख्रा पाउने ५८ जना मूल समुहकबाट अर्को वर्ष उपहार समुहका सदस्य ५८ जनालाई उनीहरुले पाठी उपहार दिनेछन्् । बाख्रामा नश्ल सुधारका लागि ४ टोलमा ४ वटा बोयर जातको बोका समेत बितरण गरेको तारा नमस्ते फाउण्डेसनका कार्यक्रम व्यवस्थापक राजन पुडासैनीले जानकारी दिनुभयो ।

फाउण्डेसनले गण्डकी गाउँपालिका–७ को लामिडाडा, सल्लेरी, भक्केडाडा, खरेटार, बदला, क्षेत्रीखोला, ७ को कौदी खोलामा पोषणयुक्त घाँस रोपण, बाख्रा तथा स्थानीय नागरिकको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने पुडासैनीले जानकारी दिनुभयो । फाउण्डेसन मार्फत बोयर जातको उन्नत बोका पाएपछि खुशी लागेको स्थानीय गुमानसिं चेपाङले बताउनुभयो ।

स्थानीयको माग अनुरुप चेपाङ बस्तीका बिपन्न महिलाहरूको आयआर्जनका लागि बाख्रा बितरण कार्यक्रम भएको र कुखुरा बितरणको कार्यक्रम पनि छिटै गरिने तारा नेपाल फाउण्डेसनका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology