Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जनयुद्ध दिवसुलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन प्रधानमन्त्रीको अपील


1.5K
Shares

जनयुद्ध दिवसुलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन प्रधानमन्त्रीको अपील

काठामाडौ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन अपिल गरेका छन्।

माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको २९ ‌औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध माओवादील नेतृत्व गरेको भएपनि पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस रहेको बताउनुभएको छ ।

‘तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले जारी गरेको सन्देशमा उल्लेख छ ।

उहाँले जनयुद्धकै जगमा देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र समावेशी लोकतन्त्र संस्थागत भएको बताउनुभएको छ ।
‘जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ ।

सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ। यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ,’ सन्देशमा भनिएको छ । प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापित भएका अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology