Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अफ्रिकन स्वाइन फिभरका कारण गोरखामा १५ वटा बंगुर मरे


1.6K
Shares

अफ्रिकन स्वाइन फिभरका कारण गोरखामा १५ वटा बंगुर मरे

गोरखा, १ फागु्न । गोरखाको स्थानमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण १ दर्जनभन्दा बढी बंगुर मरेको छ । गोरखा नगरपालिको २ स्थानमा देखिएको उक्त रोगबाट हालसम्म ठुलासाना गरी १५ वटा बंगुर मरेको भेटेरीनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र गोरखाका सूचना अधिकारी टिकाबहादुर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार गोरखा नगरपालिका–५ तथा ९ को लक्ष्मी बजारमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण उक्त संख्यामा बंगुर मरेको हो । ‘दुई स्थानमा गरी अहिलेसम्म ठुलासाना गरी १५ वटा मरेको छ’ उहाँले भन्नुभयो ‘जिल्लामा पहिलो पटक दुई हप्ता अगाडी लक्ष्मी बजारको पिपलबोट क्षेत्रमा देखिएको थियो ।’

२ साताको बिचमा नै दुई स्थानमा देखिएको बंगुरहरु मरेका थिए । लक्ष्मी बजार क्षेत्रको बंगुरको ल्याव टेष्ट पछी पुष्टी भएको थियो भने वडा नम्बर ५ को भने किट टेष्टमा पोजेटिभ देखिएको सूचना अधिकारी नेपालीले जानकारी दिनुभाये ।

सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने यो रोगको निगरानीकै क्रममा गोरखा सहित कास्की, तनहुँ र लमजुङमा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोरखामा १५ गरी ११४ बंगुर मरेको छ ।

सङ्क्रमण फैलिँदै जाँदा ठूला÷साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको निर्देशनालयका महानिर्देशक डा।प्रेरणा सेढाईँ भट्टराईले बताए । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ ।

अफ्रिकन स्वाइन फिभर सङ्क्रामक रोग हो । अहिलेसम्म यसको रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्ध छैन । गण्डकी प्रदेशमा गएको वर्ष साउन २९ गते पहिलोपटक सङ्क्रमण पुष्टि भएको थियो । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले रोगका कारण किसानले झण्डै ५० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भोग्नुपरेको छ ।

सुँगुर, बंगुर र बदेलमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बंगुर वा बँदेल प्रजातिको सम्पर्कबाट ती प्रजातिका पशुमा फैलिने गर्छ । पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठका अनुसार रोगको सङ्क्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्नेजस्ता लक्षण देखिने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology