Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत, आरोपी गोरखाका गुरुङ भएको पुष्टी


7.5K
Shares

साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत, आरोपी गोरखाका गुरुङ भएको पुष्टी

काठमाडौं, २९ माघ । साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् । ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी वकिलले आरोपी गोरखा स्थायी घर भइ काठमाडौं बस्दै आएका ३५ वर्षीय गोपीराज गुरुङविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

घटना २३ चैत २०७९ को हो । आरोपी फेला नपरेपछि प्रहरीले गुरुङलाई फरार प्रतिवादीका रुपमा अभियोग अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

के हो घटना ?

प्रहरीका अनुसार, राति ९ बजेतिर पीडित नाबालिग साथीको जन्मदिन मनाउन भन्दै ठमेल पुगेकी थिइन् । त्यही क्रममा उनले मादक पदार्थ समेत सेवन गरेकी थिइन् ।

‘केही समयपछि साथी फोन आएर एक घन्टाका लागि भन्दै बाहिर निस्किएकी थिइन्, त्यसबेलासम्म तिमी यहीँ बसेर खानपिन गर्नु भनेकी थिइन्’, पीडितले भनेकी छन्, ‘त्यसपछि म साथीको भेना पछि नाम थाहा भएका गोपीराज गुरुङसहित अन्य ४ जना साथीहरुसँग बसेको थिएँ ।’

तर, दुई घन्टासम्म पनि साथी नफर्किएपछि त्यहाँ बस्न आफूलाई उचित नलागेको पीडितले भनेकी छन् ।

‘मैले निस्किन लाग्दा उनले तिमीलाई म घरसम्म पुर्‍याइदिन्छु चिन्ता नगर्नु भनेका थिए, त्यसपछि विश्वासमा गरेर म रेष्टुरेन्टमै बसिरहेको थिएँ’, उनले भनेकी छन्, ‘राति १२ः३० बजेतिर उहाँको गाडी चढेर सबै निस्किएका थियौं, ३ जना साथीहरु झरेपछि मलाई दिदीको घरमा झारी दिनु भन्दा उनले मानेनन् ।’

पीडितका अनुसार, ‘राति यति बेला भइसक्यो, तिम्रो घरमा नजाउ, म लजमा लगेर राख्छु दुई वटा कोठा लिउँला, एउटा कोठामा तिमी बसौली’ भनेका थिए । त्यसपछि रात पनि परेको र मापसे समेत गरेकाले आफूले हुन्छ भनेको उनले बताएकी छन् ।

त्यसक्रममा गुरुङले ३०६ नम्बर कोठा देखाएर ‘तिमी त्यहीँ सुत्ने’ हो भनेको उनले बताएकी छन् । पीडितका अनुसार, आफू भने अर्को कोठामा बस्ने उनले बताएका थिए ।

तर, राति साढे २ बजेतिर कोठामा आएर उनले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छन् । त्यसक्रममा आफूले लात्ती र मुक्का हानेर प्रतिवाद गर्ने प्रयास गरेपनि बल प्रयोग गरेर जबरजस्ती करणी गरेको उनले भनेकी छन् ।

आफूले प्रहरी र आफन्तलाई खबर गर्छु भन्दा उनले ‘तिमीलाई कति पैसा चाहिन्छ दिन्छु भन्दै लोभ देखाएको’ उनले भनेकी छन् । त्यसपछि आफू होटलबाट भागेको र डेरा कोठा बस्दा चिनेको एक जना दिदीलाई घटनाबारे बताएको उनले भनेकी छन् ।

त्यसपछि उनले आफ्नो दाइलाई समेत घटनाबारे जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology