Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

जनयुद्ध दिवसमा गोरखाको गण्डकी, भीमसेन र अजिरकोट गाउँपालिकामा सार्वजनिक विदा


6K
Shares

जनयुद्ध दिवसमा गोरखाको गण्डकी, भीमसेन र अजिरकोट गाउँपालिकामा सार्वजनिक विदा

गोरखा, २८ माघ । गोरखाको अजिरकोट गाउँपालिका, गण्डकी गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । अजिरकोट गाउँपालिकाको आइतवार बसेको गाउँकार्यपालिकाको ११२ औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

बैठकपछि एक सूचना जारी गरी गाउँपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ । विदाका दिन गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द रहने जारी सूचनामा उल्लेख छ । त्यस्तै गण्डकी गाउँपालिकाले पनि आज एक सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) द्धारा हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको सम्मान र स्मरणका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै भीमसेन थापा गाउँपालिकाले पनि आफ्नो बार्षिक क्यालेन्डरमा नै जनयुद्ध दिवसका दिन सार्वजनिक विदा उल्लेख गरेकाले फागुन १ गते जनयुद्ध दिवसका दिन पालिका भित्र सार्वजनिक विदा भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । उहाँले संघ सरकारले जनयुद्ध दिवसका दिन दिएको विदा फिर्ता लिएको भएपनि भीमसेन थापा गाउँपालिकाले विदा फिर्ता नलिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology