Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा फागुन १ गते जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैँ


2.8K
Shares

गोरखामा फागुन १ गते जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैँ

गोरखा, २८ माघ ।  आगामी फागुन १ गते गोरखामा बिभिन्न कार्यक्रम गरी २९ औं जनयुद्ध दिवस धुमधामका साथ मनाइने भएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी २०५२ साल फागुन १ गतेका दिन गणतन्त्र र नयाँ जनवादी राज्यसत्ताको लक्ष्य सहित जनयुद्धको शंखघोष गरेको दिनलाई नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसको रुपमा मनाउदै आएको छ । माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।

दिवस अवसर योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाले रक्तदान दीप प्रज्वलन लगाएका कार्यक्रम गर्न लागेको वाइसिएल गोरखाका जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो । सदरमुकाम स्थित हरमटारी चोकमा रक्तदान कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तै साँझ सदरमुकाममा दीप प्रज्वलनको कार्यक्रम राखिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । जनयुद्ध दिवसको अवसरमा गोरखा जिल्ला भित्रका सवै पालिका र वडाहरुमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिनुभयो । स्थानीय स्तरमा सापेक्षित रुपमा कार्यक्रम गर्ने तयारी पालिका र वडाहरुमा रहेको उहाँको भनाई छ ।

माओवादी सञ्चालन गरेको १० बर्षे जनयुद्धको जगमा नेपालमा २३४ बर्ष लामो राजतन्त्रको अन्य भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको हो । वि.स २०६३ साल मङ्सिर ५ गते तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकार बिच शान्ति सम्झौतामा हस्ताक्षर भएपनि जनयुद्धको समाप्त भएको थियो ।

शान्ति सम्झौतामा विद्रोहीको पक्षको तर्फबाट पार्टी अध्यक्ष पुष्षकमल दाहाल (प्रचण्ड) र तत्कालिन सरकारको तर्फबाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology