Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बालिका बलत्कार गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ


1.7K
Shares

बालिका बलत्कार गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ

धरान, २७ माघ । बालिकालाई बलात्कार गरि फरार भएका एक अभियुक्त १९ वर्षपछि पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिकाकी बालिका बलात्कार गरि फरार रहेका बराहक्षेत्र नगरपालिका(१ का ३७ वर्षीय अर्जुन विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिनभयो ।

विश्वकर्माविरुद्ध २०६१ मंसिर २३ गते धरानकी १५ वर्षकी बालिका उपर भएको जबरजस्ती करणी मुद्दा ईलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय सुनसरीमार्फत जिल्ला अदालत सुनसरीमा दायर भएको थियो। उक्त मुद्दामा सर्वोच्च अदालतले विश्वकर्माविरुद्ध २०६७ बैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद फैसला सुनाएको थियो ।

अदालतको फैसलापश्चात विश्वकर्मा धरानमै बसेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा बुझाएको डिएसपी भण्डारीले बताउनुभयो । अदालतको आदेश अनुसार उनलाई कैद सजाएका लागि झुम्का कारागारमा बुझाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology