गोरखा, २६ माघ । गोरखा सदरमुकाममा रहेको सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले आज १३ औं स्थापना दिवश मनाएको छ । गोरखा नगरपालिका–६ को हरमटारीमा कार्यालय रहेको साकोसको स्थापना दिवसमा सहकारीले विविध सेवाहरु थपगरिएको एप सार्वजनिक गरेको हो ।
अग्रेजी बर्ष २०१६ देखी सञ्चलन गरेको बैकिङ कारोबारको उक्त एपमा नयाँ नयाँ प्रविधिहरु थप गरी परिमार्जित एप आजैदेखी सञचालनमा ल्याएको साकोसका ब्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ एपबाट सहकारीमा रहेको आफ्नो खाताको रकम बैंक तथा अन्य बित्तिय संस्था तथा अन्य वित्तिय संस्थामा भएको रकम सहकारीको आफ्नो खातामा राख्न मिल्ने छ ।
नयाँ एप मार्फत अब ब्यापारिक संस्था तथा सहकारीका सदस्यहरुलाई कारोबारमा सहजता मिल्ने साकोसका अध्यक्ष शरदबावु कट्टेलले जानकारी दिनुभयो । अध्यक्ष कट्टेलका अनुसार नयाँ एप प्रयोगमा आए संगै खातामा रहेको रकम तथा तिनुपर्ने बाँकी ऋण पनि सहजै सदस्यहरुले हेर्न सक्ने छन् । परिमार्जित एपको एक कार्यक्रम बिच अध्यक्ष कट्टेलले उदघाटन गरेर सार्वजनिक गरेका हुन् ।
सोही कार्यक्रममा गोरखा नगरपालिका–८ को आहालेमा रहेको सस्वती माविमा अध्ययनरत बिद्यार्थीहरुलाई ६ थान कम्बल र ११ थान टोपी हस्तान्तरण गरिएको थियो । ४२४ सदस्य रहेको सहरकारीमा हालसम्म १८ करोड बचत भएको र १६ करोड रुपैयाँ सदस्यहरुलाई लगानी गरिएको साकोसले जानकारी गराएको छ ।
कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ, सरस्वती माविका प्रअ तथा कार्य समितिका पदाधिकारी र साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।