Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा


1.4K
Shares

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो । बैठक भोलि पनि बस्ने उनले बताएका छन् । बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ । पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।

विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संसोधन गर्ने प्रस्ताव गरेको थियो । ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने भनिएको थियो ।

पार्टीका तल्ला कमिटीले विधानका प्रस्तावहरूमा दिएको सुझावबारे निर्णय गर्न आज स्थायी कमिटीको बैठक राखिएको हो।

स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा राखिने साहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology