Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

वृद्धाको हत्या आरोपमा एकजना पक्राउ


1.6K
Shares

वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

राजविराज,२४ माघ । वृद्धाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या आरोपमा उनका छिमेकी २५ वर्षीय प्रमोद राम पक्राउ परेका छन् ।

खोजतलाशका क्रममा साढे दुई महिना पछि गाउँघरमै बसिरहेको अवस्थामा राम पक्राउ परेका इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीले जनाएको छ ।

मृतकका छोरा दुर्गानन्द मोचीले दिएको उजुरी इलाका प्रहरी कार्यालय कडरबोनामा मङ्सिर १ गते दर्ता भएको थियो। कात्तिक ३० गते जेष्ठ नागरिक महिलालाई आरोपितले कुटपिट गरेका थिए ।

पक्की घाटको पिल्लरमा ठोकिने गरी धकेल्दा लडेर टाउकोमा चोट लागी घाइते भएकी रेश्मीदेबीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहान, सिरहामा कात्तिक ३० गते राति मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology