Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

विवाहित पुरुषसँगको अफेयरको खुलासापछि मिस जापानले त्यागिन् ताज


1.5K
Shares

विवाहित पुरुषसँगको अफेयरको खुलासापछि मिस जापानले त्यागिन् ताज

काठमाडौं, २३ माघ ।  विवाहित पुरुषसँग अफेयर चलेको खुलासा भएपछि युक्रेनमा जन्मिएकी मिस जापान सौन्दर्य प्रतियोगिताकी विजेताले ताज त्याग्नुपरेको छ । एक जापानी ट्याब्लोइड अखबारले यो समाचारको खुलासा गरेको थियो ।

२६ वर्षीया क्यारोलिना शिइनोले दुई साताअघि मिस जापानको ताज जितेकी थिइन् तर उनको यो जितलाई लिएर सार्वजनिक बहस चलेको थियो । कतिपयले अंगीकृत नागरिकता लिएकी विजेतालाई स्वागत गरे भने कतिपयले उनले परम्परागत जापानी सौन्दर्यको आदर्शलाई प्रतिनिधित्व नगर्ने भन्दै विरोध गरे ।

यो विवादबीच त्यहाँको एक स्थानीय पत्रिकाले शिइनोको अफेयरको खबर प्रकाशित गरेको थियो । शुकान बुनशुन अखबारको लेखमा सुश्री शिनोले विवाहित र प्रभावशाली डाक्टरसँगको सम्बन्धमा रहेको बताएको छ । तर ती व्यक्तिले कुनै सार्वजनिक टिप्पणी दिएका छैनन् ।

गत साता रिपोर्टको प्रारम्भिक प्रतिक्रियामा प्रतियोगिता आयोजकले शिइनोको बचाउ गर्दै आफूहरु उनी विवाहित भएकोबारे जानकारी नभएको बताएका थिए । यद्यपि सोमबार आयोजकले ती पुरुषको विवाह र परिवारको बारेमा थाहा पाएको स्वीकार गरे ।

मिस जापान एसोसिएसनका अनुसार शिइनोले गल्तीप्रति माफी माग्दै राजीनामा दिएको जनाएको छ । शिइनोले सोमबार एक विज्ञप्तिमा आफ्ना प्रशंसक र आम नागरिकसँग माफी पनि मागेकी छिन् । उक्त माफीपत्रमा उनले पछिल्लो विवादको कारण आफूले डर मानेको बताएकी छन् ।

‘मैले निम्त्याएको ठूलो समस्या र मलाई समर्थन गर्नेलाई धोका दिएकोमा म साँच्चै माफी चाहन्छु,’ उनले भनिन् । यससँगै यो वर्षभर मिस जापानको उपाधि खाली रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology