Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा प्रहरीद्धारा फरार ३जना अभियुक्त पक्राउ


3.2K
Shares

गोरखा प्रहरीद्धारा फरार ३जना अभियुक्त पक्राउ

गोरखा २२ माघ । जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेका ३ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय गोरखाबाट परिचालित फैसला कार्यान्वयन बिशेष टोलीले भवितव्य ज्यान कसुर मुद्दाका अभियुक्त पालुङटार नगरपालिका–८ का रमेश भनिने किसान कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका कुमाललाई जिल्ला अदालतको आदेश अनुसार कैद असुल उपरका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो । त्यस्तै जालसाजी मुद्दा जरिवाना तोकिएका शहीद लखन गाउँपालिका–५ का ३३ बर्षका किरण वि.क, गोरखा नगरपालिका १० का कौशिला वि.क र चोरी मुद्दाका फरार अभियुक्त गोरखा नगरपालिका १३ का इश्वर कोइरालालाई पनि प्रहरीले प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको तिनै जनाबाट जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology