Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा गोरुले हानेर एक ब्यक्तिको मृत्यु


7.2K
Shares

गोरखामा गोरुले हानेर एक ब्यक्तिको मृत्यु

गोरखा २२ माघ ।  गोरखामा गोरुले हानेर एक ब्यक्तिको मृत्युको मृत्यु भएको छ ।

गण्डकी गाउँपालिका-४ स्थित खुदिटारमा गोरुले हानेर स्थानीय भोजबहादुर पाण्डेको मृत्यु भएको हो ।

बिहान गोरुले हान्दा पाण्डेको घटना स्थलमा नै ज्यान गएको थियो । प्रहरीलाई घटनाको जानकारी बिहान ११ः३० बजे मात्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो।

घटना स्थलमा ताङलीचोकबाट गएको प्रहरी टोली पुगिसकेको भएता पनि घटना शंकास्पद देखिएकोले अहिले सदरमुकामको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक शेखर कोइरालाको टोली पठाईएको श्रेष्ठले बताउनुभयो।

मृत्तक पाण्डेका सहोदर भतिजोको गोरुले हानेर उहाँको ज्यान गएको प्रहरी प्रारम्भिक अनुमान गरेको छ । भतिजोको गोठमा रहेको हान्ने गोरु फुत्किएर भोजबहादुरलाई हानेको अनुमान गरिएको छ ।

पाण्डेको शव बारीको कान्ला छेवैमा फेला परेको थियो । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology