Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य ६०० रुपैयाँले घट्यो


1.2K
Shares

सुनको मूल्य ६०० रुपैयाँले घट्यो

काठमाडौं, २१ माघ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिमक दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर कारोबार भएको हो ।

मुल्य घटे संगै छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको महास‌घले जनाएको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology