Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका स्तरीय एकदिने पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न


2.4K
Shares

नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका स्तरीय एकदिने पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न

गोरखा, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका स्तरीय अगुवा कार्यकर्ताका लागि स्कुलिङ कार्यक्रम आज सम्पन्न भएको छ ।

पार्टीको राजनीतिक दर्शन पार्टी नीति सिद्धान्त, बिचार र कार्यदिशा बारेमा पालिका स्तरका नेता कार्यकताहरुलाई अध्ययन गराउन आज एक दिने स्कुलिङ कक्षा सम्पन्न भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ६ स्थित ताकुकोटमा आयोजित स्कुलिङमा पालिका भित्रका सवै वडा वडापार्टी समितिका पदाधिकारी, गाउँपालिका पार्टी समितिका सदस्य तथा पदाधिकारी, पालिका भित्रका प्रदेश समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

स्कुलिङमा केन्द्रीय सदस्यहरु अमर तमुले राजनीतिक अर्थशास्त्र, लेखबहादुर थापाले दर्शन शास्त्र, कमला नहर्कीले संगठानात्मक सिद्धान्त वारेमा प्रशिक्षण प्रदान गर्नुभयो ।

 

त्यस्तै अर्का केन्द्रीय सदस्य बिष्णुप्रसाद भट्टले कम्युनिष्ट आन्दोलनको इतिहास, केन्द्रिय समितिकी सदस्य भगवती तिवारीले राजनीतिक कार्यदिशा, नेपालको संविधान र समावेशिताको सिद्धान्त र पार्टीका गण्डकी प्रदेशका समितिका प्रचार बिभाग प्रमुख दीपक श्रेष्ठ ‘जलन’ले सूचना प्रविधि, सामाजिक सञ्जाल र राजनीति बिषयमा केन्द्रीत रहेको प्रशिक्षण प्रदान गर्नुभएको हो ।

स्कुलिङ कार्यक्रम पालिका भित्रका एकसय ३० जनाभन्दा बढी अगुवा नेताकार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology