Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अमेरिकाद्वारा सिरिया र इराकमा हवाई हमला


1.4K
Shares

अमेरिकाद्वारा सिरिया र इराकमा हवाई हमला

एजेन्सी, २० माघ । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका विभिन्न लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी–वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए । यी विमानहरू अमेरिकाबाट उडेका थिए ।

अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर आईआरजीसीको कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो । ३० मिनेटभित्रै अमेरिकी बमवर्षकहरूले सिरियाका ४ र इराकका ३ वटा लक्ष्यमा ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरे ।

यी लक्ष्यहरूमा कमान्ड र कन्ट्रोल अपरेसनहरू, लजिस्टिक हबहरू र ड्रोन भण्डारण एकाइहरू समावेश रहेको बताइएको छ ।

गत जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा अमेरिकी सैन्य आधारमा ड्रोन आक्रमण भएको थियो जसमा ३ अमेरिकी सैनिकहरू मारिएका थिए । अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित चरमपन्थी समूहलाई जिम्मेवार ठहर गरेको छ । यस हमलाको जवाफमा अमेरिकाले यो आक्रमण गरेको हो ।

अमेरिकी सैनिक शिविरमा भएको हमलापछि राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘यदि कसैले अमेरिकी नागरिकलाई हानि पुर्‍याउँछ भने उसलाई जवाफ दिइनेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology