Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हिमपातका कारण बिरामी परेका दुई जर्मन नागरिकको चुमनुब्री गाउँपालिकाबाट उद्धार


1.7K
Shares

हिमपातका कारण बिरामी परेका दुई जर्मन नागरिकको चुमनुब्री गाउँपालिकाबाट उद्धार

गोरखा, १९ माघ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाबाट दुई जना बिदेशी नागरीकको आज उद्धार गरिएको छ ।

वडा नम्बर – ७ स्थित छेकम्पारमा घुम्न गएका जर्मनी नागरिक हेनरिक गुन्टर र हफमेनका दुई दम्पतिलाई अत्याघिक चिसो र हिमपातका कारण बिरामी भएपछि आज बिहान ८ ः ५५ बजे कैलाश हेलीकप्टर मार्फत उद्धार गरी काठमाडौ लगीएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले उनीहरु दुबै जनाको स्वाकोन इन्टरनेशनल बत्तिसपुतली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । लगातार केही दिन देखी अत्याघिक चिसो र हिमपातका भएका कारण उनिहरुको स्वासप्रश्वासमा समस्या आएर अक्सिजन लेभल न्यून भएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । छेकम्पारमा निमार्ण सम्पन्न भएको स्वास्थ्य चौकीको निरीक्षण गर्न जाँदा उनिहरु बिरामी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology