गोरखा,१९ माघ । गोरखामा पछिल्लो २ बर्षमा डेंगुका बिरामीको संख्या ह्वात्तै बढेको छ । जिल्लामा ३ बर्ष अगाडी ८ जना मात्र बिरामी फेला परेकोमा यो आर्थिक बर्षको ६ महिनामा मात्रै ४०८ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २ बर्षमा जिल्लामा डेंगुको बिरामीको संख्या ह्वात्तै बढेको देखिन्छ । अधिकृत खड्काका अनुसार आर्थिक बर्ष २०७७र०७८ र ०७८र०७९ ८–८ जना डेंगुको बिरामी देखा परेकोमा ०७९र०८० एकै पटक ५३१ जनामा देखिएको थियो ।
‘अहिले त जाडो महिना छ । गर्मी महिना आउनै बाँकी छ ।’ उहाँले भन्नुभयो ‘असारदेखी असोजसम्मको अवस्था के हुने हो ।’ डेंगुको संक्रमण फैलाउन सक्रिय हुने लामखुट्टे यही महिनामा बढी सक्रिय हुने हुदा बिरामी पनि यही महिनामा बढी देखिने उहाँले बताउनुभयो ।
ढकालले डेंगुबाट जोगिन घर वरपर पानी जम्न नदिने र सुत्दा झुल प्रयोग र शरिरमा लामो खालको कपडा प्रयोग गनुपर्ने बताउनुभयो । कार्यालयले उपलब्ध गराएको रकर्ड अनुसार यो आर्थिक बर्षको पहिलो ६ महिना अर्थात साउनदेखी पौष मसान्तसम्ममा आरुघाट गाउँपालिकामा १८८ जना, गोरखा नगरपालिकामा १४४ जना र भिमसेन थापा गाउँपालिकामा ३१ जना डेंगुका बिरामी देखिएका थिए ।
त्यसैगरी, पालुङटार नगरपालिकामा १९ जना, सिरानचोकमा १० जना, गण्डकीमा ८ जना, शहिद लखन गाउँपालिकामा ७ जना र अजिरकोट गाउँपालिकामा १ जना बिरामी देखिएका थिए । जिल्लाको चुमनुब्री, धार्चे र बारपाक सुलिकोट गाउँपालिकामा भने पहिलो ६ महिनामा कुनै पनि डेंगुका बिरामी देखिएका छैनन् ।
स्वास्थ्य कार्यालयका अनुसार अधिल्लो आर्थिक बर्ष भरीमा आरुघाट गाउँपालिकामा २७० जना, गोरखा नगरपालिकामा ११९ जना, पालुङटार नगरपालिकामा १०१ जनामा डेंगु संक्रमण देखिएको थियो ।
त्यसैगरी, भिमसेन थापा गाउँपालिकामा १२ जना, सिरानचोकमा ११जना, शहिद लखनमा १० जना, बारपाक सुलिकोटमा ५ जना र गण्डकी गाउँपालिकामा ३ जनामा संक्रमण देखिएको थियो । सोही अवधिमा अजिरको, चुमनुब्री र धार्चे गाउँपालिकामा भने डेंगु संक्रमणका कुनै पनि बिरामी फेला नपरेको अधिकृत खड्काले बताउनुभयो ।
