Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘हात्तीछाप’बारे दयाहाङ र उपासना स् ‘कथाले दर्शकलाई समाजसँग जोड्छ’


1K
Shares

‘हात्तीछाप’बारे दयाहाङ र उपासना स् ‘कथाले दर्शकलाई समाजसँग जोड्छ’

काठमाडौं १९ माघ । अमेरिकाबाट फर्किएलगत्तै अभिनेता दयाहाङ राईलाई भ्याइनभ्याइ छ । माघ २६ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा उहाँ ब्यस्त हुुनहुन्छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँ फिल्मलाई लिएर उत्साहित सुनाउनुभयो । पत्रकारसँग कुराकानी गर्दै उहाँले कथावस्तु मनपरेकाले आफू फिल्मसँग जोडिएको बताउनुभयो ।

किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नमा राईले भने( ‘पहिलो कुरा त यो फिल्मको कथावस्तु राम्रो छ । दोस्रो कुरा, निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने बिषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।’ यो फिल्मबाट आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।

अभिनेत्री उपासनासिंह ठकुरीले पनि फिल्मको कथावस्तु बलियो रहेको बताउनुभयो। फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाको जवाफ थियो( फिल्मभित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ जसले प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’
ट्रेलरमा भुकम्पको दृश्य पनि समावेश छ । यो फिल्मले भुकम्पको कथा नै भन्न खोजेको हो या अरु के हो भन्ने प्रश्नमा दयाले भने( ‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भूकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’

उपासनाले अघि भन्नुभयो ( यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नुहुदैन । सबै नेपालीहरुले भोगेको बिषयलाई लिएर कथा बनाइएको छ ।’

किरण नेपालीको प्रस्तुतिमा सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology