Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका एक युवक पक्राउ


5.7K
Shares

जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका एक युवक पक्राउ

काठमाडौ, १९ माघ । जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेका आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ घर भई हाल काठमाडौको सामाखुशी बस्दै आएका ३० बर्षीय भरत भट्टराईलाई वुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाखुशीबाटै उनलाई पक्राउ गरेको हो ।

‘जापान पठाइदिन्छु, आठ लाख रकम लाग्छ, जापान पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ७० हजार तलव हुन्छ भनेर प्रलोभनमा पारी बिमला लामाबाट पटक पटक गरी दुई लाख रकम लिएको भेटियो’, प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले भन्नुभयो, ‘रकम लिएर सम्पर्क विहिन भएपछि खोजी गरेर पक्राउ गरेका हौँ ।’ पक्राउ परेका भट्टराईलाई थप अनुसन्धान तथा कारवाहीका लागी बैदेशिक रोजगार बिभाग पठाइएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology