Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाकी पत्रकार चेपाङलाई फोनिज युकेको पत्रकारिता पुरस्कार


3.3K
Shares

गोरखाकी पत्रकार चेपाङलाई फोनिज युकेको पत्रकारिता पुरस्कार

गोरखा, १८ माघ । गोरखाकी पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज युकेको पत्रकारिता सम्मान २०२३ बाट चेपाङलाई पुरस्कृत गरिने भएको हो । माघ ११ गते बिहीबार अर्थात २५ जनवरीको बैठकले चेपाङ र दिपीन राईलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार छनौट समितिका प्रमुख सोनाम छिरिङ शेर्पाले दिएको जानकारी अनुसार सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले ५ जनाको नाम सिफारिस गरेका थिए । सम्मान र पुरस्कारको राशी जनही २५÷२५ हजार रुपैयाँ रहेको छ ।

युवा पत्रकार चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुनुहुन्छ । गोरखा जिल्ला गण्डकी गाउँपालिका–२ ताङलीचोक आमटार स्थायी घर भएकी पत्रकार चेपाङ चितवनको कुरिनटारमा रहेको इच्छाकामना एफ एम १०२.४ मेघाहर्जमा कार्यरत हुुनहुन्छ ।

झापाका पत्रकार दिपीन राई यलम्बर टाइम्स सम्पादक र प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology