Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बारपाक सुलिकोटमा गो–ड्राइभर बा मेमोरियल फाउण्डशेनद्धारा १० जना बिद्यार्थीहरुलाई छात्रवृति वितरण


2.3K
Shares

बारपाक सुलिकोटमा गो–ड्राइभर बा मेमोरियल फाउण्डशेनद्धारा १० जना बिद्यार्थीहरुलाई छात्रवृति वितरण

गोरखा, १७ माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गो–ड्राइभर बा मेमोरियल फाउण्डशेन ट्रस्टले वडा नम्बर –४ सौरपानीमा रहेको बारपाक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।

दक्ष जनशक्ति उत्पादनमा सहयोग होस्,भन्ने उद्देश्यले शिक्षालयमा अध्यनरत १० जना गरीब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको ट्रस्टका सचिव मिलन ढकालले जानकारी दिनुभयो ।

संस्थाले हिजो एक कार्यक्रमका बीच नेपालका विभिन्न जिल्लाहरुबाट आई बारपाक वहुप्राविधि शिक्षालयमा अध्ययन गरीरहेका गरीब तथा जेहन्दार बिद्यार्थीहरु मध्ये १० जनालाई छात्रबृति प्रदान गरीएको सचिव ढकालले बताउनुभयो । बिद्यार्थीहरुमा मनिष लोहार,अंकुश गुरुङ,सुष्मा नेपाली, निर्मला गुरुङ्ग, उषा सुनार,सुन माया गुरुङ्ग, सन्जु बि क, गणेश ढकाल, पुनम चेपाङ र सुप्रभा बुढा रहेका छन् ।

कार्यक्रममा ७ जना विद्यार्थीहरुलाई प्रति ब्यक्ति ७÷७ हजारका दरले रु ४९,००० र ३ जना बिद्यार्थीहरुलाई जनही २÷२ हजार रुपैयाँ बराबरको स्टेशनरी गरी रु ५५,००० बराबरको छात्रबृति बितरण गरीएको ट्रस्टका संरक्षक रुद्र ढकालले बताउनुभयो ।

वहुप्राविधिक शिक्षालयका प्रमुख सुवास ओलियाको अध्यक्षतामा रहेकोे कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology