काठमाडौ, १७ माघ । प्रतिनिधिसभा सांसद एवं नेकपा एमालेका नेता अचानक बिरामी परेका छन् । पार्टी बैठकका लागि ताप्लेजुङ आएका उनी बिरामी भएपछि अहिले ताप्लेजुङ अस्पतालमा लगिएको छ ।
थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको स्वकीय सचिव गणेश योङहाङले बताउनुभयो । सचिवालय बैठकमा खाना खानेक्रममा मोबाइल झरेर टिप्न लाग्दा उनलाई एक्कासी समस्या भएको थियो । पूर्वमन्त्रीसमेत रहेका नेम्वाङ ताप्लेजुङका इन्चार्ज हुन् ।