Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

राज्यको उपहार बेचेकोमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमतीलाई १४ वर्ष जेल सजाय


1.4K
Shares

राज्यको उपहार बेचेकोमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमतीलाई १४ वर्ष जेल सजाय

काठमाडौं, १७ माघ । भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई १४ वर्षको जेल सजायको फैसला भएको छ ।

पाकिस्तानको विशेष अदालतले खानलाई राज्यका गोपनीय दस्तावेज चुहाट गरेकोमा दोषी ठहर गरेको एकदिन पछि भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय सुनाएको हो ।

राज्यको गोप्य कुरा चुहावट गरेको आरोपमा खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। २०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीको रुपमा अपदस्थ गरेका खान अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ तीन वर्षको जेल सजाय भोगिरहेका छन् ।

व्यक्तिगत लाभका लागि खान दम्पतिले राज्य उपहारहरू अवैध रुपमा बेचेको आरोप छ। यसैगरी अदालतले खानलाई फेब्रुअरी ८ मा हुने संसदीय चुनावमा कुनै पनि सार्वजनिक पदमा बस्नका लागि अयोग्य ठहराएको छ । उनले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology