काठमाडौं, १६ माघ । आफ्नै बाबुको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले छोरालाई पक्राउ गरेको छ । ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या आरोपमा उनका छोरा चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।
कुटपिट गरी हत्या गरेको अभियोगमा इनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियो ।
त्यसपछि अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनका छोरा चिबुलाई पक्राउ गरेको हो । पक्राउ परेका चिबुमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।