Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

युट्युबर मनोज मानव पुनः पक्राउ


1.5K
Shares

युट्युबर मनोज मानव पुनः पक्राउ

काठमाडौं,१६ माघ । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पुनः पक्राउ परेका छन्। यसअघि पक्राउ परेर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा १ लाख धरौटीमा रिहा भएका मनोज मानव पुनः पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। मनोज मानवलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले भने, ‘महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। म्याद थपका लागि अदालत लगिएको छ।’

उनले एक महिलाको गोप्य अडियो, भिडियो समेत लिएर चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित भनिएको ती महिलाले जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको हो। उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology