Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु


3.1K
Shares

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तनहुँ , १६ माघ । आँबुखैरेनीमा सवारी दुर्घटनामा परी सोमबार एक जनाको मृत्यु भएको छ । आबुखैरेनी गाउँपालिका वडा नं ३ बस्ने २६ बर्षीय सफल राना मगरको दुर्घटनामा मृत्यु भएको हो ।

आईतबार बेलुका ८ः५० बजे आँबुखैरेनी गाउँपालिका वडा नं २ ढापटारमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५०१२ नंम्बरको मिनिट्रक र सोही दिशाबाट आउँदै गरेको प्र ३–०२००९ प ८५३० नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाईकल चालक रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाणका अनुसार राना ट्रकका ठक्करबाट गम्भीर घाइते भएका थिए । घाइते रानालाई आँबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँमा प्राथमिक उपचारपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राती १० बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिनी ट्रक चालक ईलाका प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी खाँणले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology