सन्दिप सुनार
जनवरी ३०, टोकीयो । नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मन्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित हुनुभएको छ । आईतबार सम्पन्न भएको मञ्चको नवौ अधिवेशनबाट पौडेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अघिवेशनवाट मञ्चको बरिस्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरुमा बाबुराम पौडेल, जनक सुबेदी, शिबु थापा, आर.एच गौतम, श्रबण सत्याल ,भुवन हुमागाई , रामकृष्ण भण्डारी, रामप्रसाद गैरे ,महासचिवमा दावा लामा उपमहासचिवमा अर्जुन अम्गाई , डिलाराम न्युरे, प्रमिला राई, सचिवहरुमा गोपाल लामिछाने (जिपी), जीवन पोखरेल, राज पुरी, राकेश बिमली बालबिक्रम तिगेला, गोबिन्द प्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी लेखा अनुशासन आयोगमा अर्जुन ढकाल, कोषाध्यक्षमा गौरी सापकोटा ,सहकोषाध्यहरुमा शालिकराम मरहट्टा, भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी सहितको पदाधिकारी र १८ जना थप्ने गर्ने गरि ४३ सदस्सीय केन्द्रिय कार्यसमिती बनाईएको निवर्तमान अध्यक्ष भवानी पन्तले जानकारी दिनुभयो । नेकपा मओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रवास समिति सहईन्चार्ज लक्ष्मण पन्तको प्रमुख प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य एवम प्रवास समितिका अध्यक्ष ओम शर्मा लगायतका नेता र कार्यकर्ताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

मञ्चले यसअघि जापानमा रहेको आफ्नो सातवटै क्षेत्रिय कमिटीको अधिवेशन सम्पन्न गरिसकेको छ । नेपालमा आईपर्ने जुनसुकै विपत्तिको बेलामा पनि सहयोग र सामाजिक कार्यहरू गर्दै आईरहेको मन्चले दुई वर्ष अगाडि मञ्चले हालका प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक हप्ते जापान भ्रमण समेतको अवसर मिलाएको थियो ।