Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको चुमनुब्री गाउँपालिकाले ३९ योजनाका लागी प्रदेश सरकारसंग बजेट माग


2.4K
Shares

गोरखाको चुमनुब्री गाउँपालिकाले ३९ योजनाका लागी प्रदेश सरकारसंग बजेट माग

गोरखा, १४ माघ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले प्रदेश सरकारलाई विभिन्न योजनामा बजेट हालिदिन आग्रह गरेको छ । पालिका अध्यक्ष निमा लामाको टोलीले मुख्यमन्त्री सहित विभिन्न मन्त्रालयमा पुगेर ३९ योजनामा बजेट हालिदिन आग्रह गरेको हो ।

पूर्व साँसद छमबहादुर तमु सहितको एक टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा विभिन्न मन्त्रालयमा पुगेर पालिकाको बिकासका लागि बजेट हालिदिन अग्राह गरेको पालिका अध्यक्ष लामाले बताउनुभयो । ‘पालिकालाई प्राप्त बजेटले मात्र बिकास सभ्भव छैन’ उनले भने ‘त्यही भएर प्रदेश सरकारलाई विभिन्न योजनामा बजेट हालिदिन आग्रह गरेका हौ ।’

अध्यक्ष लामाका अनुसार ५ वटा गोरेटो बाटो, ८ वटा झोलुङ्गे पुल, ६ वटा बिद्यालय भवन तथा किचन निर्माण, ३ स्थानमा ढल निर्माण तथा २ स्थानको खेल मैदानलाई धेराबार गर्न बजेट माग गरिएको छ ।

त्यस बाहेक पनि पालिकाको तर्फबाट ३ वटा सामुदायिक भवन तथा स्वास्थ्य चौकी निर्माण, ४ वटा पर्यटकीय पदमार्ग, २ वटा गुम्बा निर्माण तथा जस्तापाता खरिद र ढुवानीका साथै खानेपानी, बिद्यालय भवन मर्मत र शिक्षक माग गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

माग गरिएका योजनाहरुका लागि सम्वन्धित मन्त्रालय तथा मन्त्री संग भेट गरी योजना माग गरिएकोबारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएको पनि अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology