Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

लियो क्लव अफ गोरखाको हिज्जे प्रतियोगिता सम्पन्न जेनियस इङ्गलिस वोर्डिङ्ग प्रथम


2.3K
Shares

लियो क्लव अफ गोरखाको हिज्जे प्रतियोगिता सम्पन्न जेनियस इङ्गलिस वोर्डिङ्ग प्रथम

गोरखा, १४ माघ ।  लियो क्लव अफ गोरखाले सदरमुकामको एक बिद्यालयमा नगरपालिका स्तरीय स्पेलिङ्ग कन्टेष्ट हिज्जे प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

गोरखा नगरपालिका–६ को पाटेचौरको शक्ति माध्यामिक विद्यालयमा शनिवार भएको प्रतियोगितामा जेनियस इङ्गलिस वोर्डिङ्ग पहिलो, द ओल्डक्यापिटल सेकेण्डरी स्कुल दोश्रो, मोर्डन इङ्गलिस वोर्डिङ्ग स्कुल तेस्रो र महालक्ष्मी माध्यामिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक गरिमा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगीता विजयी भएकाहरुले क्रमश। ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।
क्लवका अध्यक्ष मोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गोरखा नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी दिलिपको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ गोरखाको पूर्व अध्यक्ष लक्ष्मण आचार्यले कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए भने क्लवका सचिव राज गुरुङ्गले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology